
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका पूर्वप्रमुख सचेतक सन्तोष परियारले माओवादी केन्द्र छोडेर प्रगतिशील राष्ट्रिय अभियान थालेका नेता जनार्दन शर्मासँग संवाद थालेका छन् ।
ललितपुरको एक क्याफेमा जनार्दनसहित राम कार्की, सुदन किराती र नयाँ शक्ति नेपाल (नेसपा)की मानुषी भट्टराई पनि नयाँ पार्टी निर्माणका लागि छलफलमा जुटेका छन् ।
जनार्दननिकट एकजना नेताका अनुसार बिहा ११ बजेदेखि उनीहरू ललितपुरको एक क्याफेमा छलफल चलिरहेको छ ।
जनार्दनसहित छलफल भएको केही समयपछि राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसचेतक परियार पनि जोडिएका थिए। त्यसपछि उनी जनार्दनको अभियानमा जोडिने करिब पक्का भएको छ।
स्रोतका अनुसार नयाँ पार्टी गठनको दिशामा त्यहाँ छलफल भइरहेको छ। पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी या प्रगतशील नागरिक पार्टीसहित कुनै एक राख्ने गरी उनीहरू छलफलमा जुटेका छन् ।



प्रतिक्रिया