• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मकवानपुरमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, ७ जना घाइते

    231
    SHARES

    काठमाडौं । मकवापनुरमा किरिया बसेको एक घरमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।मकवानपुरको मनहरी गाउँपालिका-६ हाङलाङ स्थित पालबहादुर घलानको घरमा चट्याङ खसेको हो ।

    पालबहादुरको घरमा चट्याङ खस्दा किरियाको काममा सघाउन आएका छिमेकी दैलीडाँडा बस्ने ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मंगलबार दिउँसो ४:२० बजेको समयमा परेको चट्याङ लागेर मनहरी गाउँपालिका-६ हाङलाङकी १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवनको राप्ती नगरपालिका-११ का ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएका छन् ।

    घाइतेहरूको उद्धार गरी उपचारका लागि मनहरी अस्पताल मकवानपुर तर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ