• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    189
    SHARES

    काठमाडौं। हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशका अधिकांश भागमा मौसम सामान्यदेखि सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

    दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। त्यसैगरी, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

    गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भने राति पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ। महाशाखाले यात्रा गर्ने तथा उच्च पहाडी र हिमाली क्षेत्रतर्फ जाने यात्रुहरूलाई मौसमका सम्भावित परिवर्तनका कारण सतर्कता अपनाउन आग्रह गरेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ