• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउने गायिका नीतु पौडेलको मृत्यु

    876
    SHARES

    काठमाडौँ । आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेकी गायिका नीतु पौडेलको मृत्यु भएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईका अनुसार पौडेलको शुक्रबार बिहान कीर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

    गत शनिबार दिउँसो, गायिका पौडेलले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएकी थिइन्। घटनापछि उनलाई तत्काल उद्धार गरी कीर्तिपुर वर्न अस्पताल लगिएको थियो, जहाँ पाँच दिनसम्म उपचार भइरहे पनि ज्यान जोगाउन सकिएन।

    प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। पौडेलले आगो लगाउनु अघि कुनै व्यक्तिगत वा पेशागत कारणका आधारमा यस्तो कदम चालेकी हुन् कि भन्ने विषयमा पनि प्रहरीले खोजबिन थालेको छ। पौडेल नेपाली संगीत क्षेत्रकी उदाउँदी गायिका मानिन्थिन्। उनका केही गीत सामाजिक सञ्जालमा लोकप्रिय भएका थिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ