• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    एकीकृत समाजवादीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुंग्याइने

    286
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले यही कात्तिक १२ गते केन्द्रीय कमिटीको बैठक काठमाडौँमा आह्वान गरेको छ। पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका साथै वामपन्थी शक्तिहरूबीचको एकता प्रक्रियाबारे निर्णय लिन बैठक बोलाइएको हो।

    पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार बैठकमा हाल चलिरहेको वामपन्थी, कम्युनिस्ट र समाजवादी दलहरूसँगको एकता र सहकार्यसम्बन्धी वार्ता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने उद्देश्य राखिएको छ। उनका अनुसार बैठकमा एकतापछिको सैद्धान्तिक दृष्टिकोण, नेतृत्वको व्यवस्थापन, र पार्टी संरचनाको पुनर्गठन जस्ता विषयमा विस्तृत छलफल हुनेछ।

    पार्टीभित्र हाल देखिएका वैचारिक मतभेद र सङ्गठनगत असन्तोष यस बैठकमार्फत अन्तिम टुंगोमा पुर्‍याइने तयारी छ। अधिकांश नेताहरूले तत्काल वामपन्थीबीच साझा ध्रुवीकरण र एकीकृत रणनीति बनाउनुपर्ने सुझाव दिएका छन्।बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, निष्पक्ष र भयरहित निर्वाचन वातावरण निर्माणका उपायहरू, र पार्टीका जनवर्गीय सङ्गठनहरूको सक्रियताबारे पनि कार्ययोजना तय गरिने बताइएको छ।

    अर्यालका अनुसार बैठकले लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा, र वर्तमान राजनीतिक सङ्कट समाधानका लागि गणतन्त्र पक्षधर शक्तिहरूबीच संवाद र सहकार्य अघि बढाउने जिम्मेवारी पनि पार्टीका निकायहरूलाई दिनेछ। उता, समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता प्रक्रियामा अघि बढिरहेको एकीकृत समाजवादीलाई हालै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि एकताको आह्वान गरेका थिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ