• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    सरकार आफ्ना मान्छेलाई जग्गा बाँड्न प्रपञ्च रच्दैछ : माओवादी केन्द्र

    124
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न सरकारले अनेक प्रपञ्च रचिरहेको आरोप लगाएको छ ।

    मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो बताएका हुन् ।

    साथै, वर्तमान सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष पार्टीले निकालेको पनि सापकोटाले बताए । ‘भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न अनेक प्रपञ्च गरिरहेका छन्,’ उनले भने ।

    बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारका काम, कारबाहीबारे संक्षिप्त जानकारी गराएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । सरकार झनै अधिनायकवाद, तानाशाहीकरणतिर गइरहेको माओवादीको निष्कर्ष रहेको सापकोटाले बताए ।

    ‘अहिलेको परिस्थितिबारे अध्यक्षजीले संक्षिप्त अपेडेट गराउनु भयो । सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर जाँदैछ । राज्यका सबै संरचनामाथि तिब्र हस्तक्षेपको प्रक्रिया अघि बढिरहेको छ । यो सरकारको नालायकी, कुशासनले गर्दा जनता असाध्यै रुष्ट, आक्रोशित छन्,’ उनले भने । उनका अनुसार भोलि दिउँसो १ बजे पुन: बैठक बस्नेछ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ