• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली

    85
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्ने बताएका छन् ।

    ललितपुरमा आज आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरूमाथि सरकारले निगरानी बढाइरहेको बताए ।

    नेपालमा हुने कारोबार नेपालको कानुनअन्तर्गत नै हुनुपर्ने उनको भनाइ छ । मेटा लगायतका सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ताका लागि आह्वान गरेको सरकारले अहिलेसम्म दर्तामा ल्याउन सकेको छैन । लामो समयदेखि दर्ता हुन बोलाए पनि मेटा लगायतले अटेर गरिरहेका छन् ।

    बिना दर्ता नेपालमा सञ्चालन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको तर्फबाट बारम्बार दर्ता लागि आह्वान गरिरहेका छन् ।

    नेपाल सरकार, नेपाली जनता, नेपाली कानुनप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा गरेको व्यवसायको कर कुनैपनि सामाजिक सञ्जालहरूले तिर्नैपर्ने बताए । नेपालमा प्रयोग हुने कम्पनीहरूले नेपालमा कार्यालय खोल्नुपर्ने र दर्ता हुनुपर्ने बताए ।

    यदि नेपालको कानुनअन्तर्गत दायित्व र उत्तरदायित्व पूरा नगरेको पाइए ठोस निर्णय गरेर सरकार अघि बढ्ने पनि ओलीले बताए । प्रधानमन्त्री ओलीले इन्टरनेट सेवा सबै ठाउँमा पुर्‍याउन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ