• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    वामदेव एकीकृत समाजवादीका तेस्रो वरीयताका नेता, थपिए उनी पक्षका १२ केन्द्रीय सदस्य

    1K
    SHARES

    काठमाडौँ । वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) को तेस्रो वरीयताका नेता बनेका छन्।

    पार्टीका उपमहासचिव एवम् प्रवक्ता प्रकाश ज्वालाका अनुसार शुक्रबार बसेको पार्टी सचिवालयको बैठकले गौतमलाई तेस्रो वरीयतासहित १२ जना नेता केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको छ।

    एकता राष्ट्रिय अभियानबाट एकीकृत समाजवादीमा मिसिएका डिबी कार्कीलाई पोलिटब्युरो सदस्य बनाइएको छ। त्यस्तै, वामदेव पत्नी तुलसी थापा पोलिटब्युरो सदस्य, लोकनाथ धमला पनि पोलिटब्युरो सदस्य बनेका छन्।

    भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भण्डारी, रविन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी, मोहम्दशेर बागवान केन्द्रीय सदस्य बनेका छन्। एकीकृत समाजवादीको सचिवालय बैठक अहिले पनि बसिरहेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ