• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सद्गुरु कबीरको प्रकट्य दिवस मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

    226
    SHARES

    जनकपुधराम । मधेश प्रदेशमा आज सद्गुरु कबीर दासको ६२७औं जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको छ । मधेश सरकारले पहिलो पटक कबीर जन्म जयन्तीको सम्मानमा सार्वजनिक बिदा घोषणा गरेको हो ।

    कबीर सागरमा वर्णन अनुसार कबीर साहेबको अवतरण सन् १३९८ (संवत १४५५) जेठ महिनाको पूर्णिमा दिन ब्रह्ममुहूर्तको समयमा लहरतारा तालमा फुलेको कमलको फूलबाट भएको मानिन्छ । त्यस स्थानबाट नीरु र नीमा नाम गरेका एक साधारण दम्पतीले उनलाई घर लगेका थिए । उनका अनुयायीहरू यस दिनलाई कबीर प्रकट्य दिवसको रूपमा मनाउने गर्छन् ।

    कबीरदास १५औं शताब्दीका हिन्दी भक्ति कालका प्रमुख निर्गुण शाखाका कवि थिए । समाजमा व्याप्त कुरीति, अन्धविश्वास र धार्मिक आडम्बरको कडा आलोचक कबीरको रचनाले हिन्दी क्षेत्रमा भक्ति आन्दोलनलाई गहिरो प्रभाव पारेका छन् ।

    उनको रचना हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरूले उनलाई गुरुका रूपमा मानेका थिए । कबीरको शिक्षामा आधारित कबीर पंथ नामक सम्प्रदाय आज पनि सक्रिय रूपमा फैलिएको छ ।

    मधेश सरकारले पहिलोपटक सार्वजनिक बिदा दिएको खुसीमा कबीरपन्थीहरुले पूर्वसन्ध्यामा जनकपुरमा र्‍याली आयोजन गरेका थिए । जनकपुरको सद्गुरु कबीर बालबात्सल्य आश्रमबाट संचालक सत्यनारायण आलोकको नेतृत्वमा निस्केको र्‍याली जनकपुरको विभिन्न भागको परिक्रमा गरेका थिए ।

    सो अवसरमा सरकारका प्रतिनिधिको रुपमा वन तथा वातावरण मन्त्री संजयकुमार यादवलाई उनीहरुले सम्मान गरेका थिए । आज पनि कबीर पन्थीहरु विभिन्न कार्यक्रम गरी सद्गुरु कबीरको प्रकट्य दिवस मनाउँदैछन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ