• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चार्टर्ड विमानमार्फत आज काठमाडौं आउँदैछन् अमेरिकाबाट डिपोर्ट भएका कम्तिमा ४० नेपाली

    827
    SHARES

    काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका कम्तिमा ४० नेपालीहरूलाई लिएर आउँदै गरेको चार्टर्ड विमान आज आइतबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ।

    अमेरिकी सरकारले चार्टर्ड गरेको सो विमानले विभिन्न देशका डिपोर्ट गरिएका नागरिकहरूलाई छाड्दै काठमाडौं आइपुग्ने तालिका अनुसार अपराह्न सवा चार बजे नेपालमा अवतरण गर्नेछ।

    संख्या यकिन छैन

    त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता तथा वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेका अनुसार, डिपोर्ट गरिएका नेपालीहरू आइपुग्ने निश्चित भए पनि कति जना नेपाली आउने भन्ने यकिन भइसकेको छैन। “१०–१२ दिनअघि अमेरिकी पक्षबाट पत्र आएको थियो। त्यसमा नेपालीहरूको संख्या खुलाइएको थिएन,” उनले भने, “विमान काठमाडौं अवतरण भएपछि मात्र वास्तविक संख्या पत्ता लाग्छ।”

    अध्यागमन स्रोतका अनुसार सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी भए पनि केही प्रक्रिया बाँकी रहेकाले अन्तिम समयमा केही रोकिएका र संख्या घट्न सक्ने अनुमान गरिएको छ। त्यसैले आउन लागेकाहरूको संख्या करिब ४० जनासम्म हुन सक्नेछ।

    डिपोर्टको कारण खुलाइएको छैन

    डिपोर्ट गरिएका नेपालीहरू कुन कारणले फिर्ता पठाइएका हुन् भन्ने विवरण अमेरिकी पत्राचारमा उल्लेख नगरिएको न्यौपानेले जानकारी दिए। “इमिग्रेशन कानुन उल्लंघन गरेका भनेर उल्लेख गरिएको छ, तर त्यो ओभर स्टे हो वा अवैध प्रवेश वा अन्य कारण हो भन्ने प्रष्ट छैन,” उनले भने।

    अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्तामा आएपछि आप्रवासी नीति झन् कडाइ गरिएको छ। भिसा अवधि सकिएको, बिना कागजात प्रवेश गरेको वा आपराधिक गतिविधिमा संलग्न भएका विदेशी नागरिकलाई डिपोर्ट गर्ने नीतिअनुसार नेपालीहरू पनि फर्काइँदै आएका छन्।

    सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्र अमेरिकाबाट १४० जना नेपाली डिपोर्ट भइसकेका छन्। अध्यागमन विभागको तथ्यांक अनुसार, जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली डिपोर्ट गरिएका थिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ