• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

    753
    SHARES

    काठमाडाैँ । दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्लाको लमही नगरपालिका ६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जङ्गली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ वर्षीय सहरी घर्ती गम्भीर घाइते भएको नेपाल सशस्त्र प्रहरी ४१ नं। रिजर्भ गण अर्जुन खोलाका प्रहरी नायव निरीक्षक प्रकाश ढकालले जानकारी दिएका छन् ।

    उनका अनुसार  बिहान करिब साढे पाँच बजे जङ्गली च्याउ टिप्ने क्रममा उनलाई भालुले आक्रमण गरेको थियो । अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छन् । घाइते घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल  पठाएको प्रहरीले जनाएको  छ।

    घर्ती सहित पाँच जनाको समूहमा च्याउ टिप्न जङ्गल गएकी थिइन् । उनका दुईजना साथीलाई भालुको नङ्ग्रा लागेको भए पनि भाग्न सफल भएको बताएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ