• आज :

ताजा अपडेट

  • News Portal

    • आज :
    समाचार

    बागमतीसहित चार प्रदेशमा हल्का वर्षा, कोशीका केही क्षेत्रहरूमा,भारी बर्षाकाे सम्भावना

    577
    SHARES

    काठमाडाैं । बागमतीसहित चार प्रदेशमा हल्का वर्षा  काेशीका   केहि स्थानमा ठुलाे पानी पर्ने    जल तथा माैसम  पूर्वानुमान  महासाखाले हाल देशका पूर्वी भूभागमा मनसुनी  पुणालीकाे प्रभाव रहेकाे  बताएका छन् ।उनका अनुसार देशका बाँक भूभागमा स्थानिग वायु तथा भारत विहार आसपास रहेकाे  न्यस्न चापीय क्षेत्रकाे  आंशिक प्रभाव रहेकाे जनाएकाे  छ।

    महाशाखाका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारण देखि पूर्णतया बदली  तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ ।कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका  केही  तथा मधेस प्रदेशलगायत बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे  बताएका छन्  । साथै कोशी प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाे छ।

    त्यसैगरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने  माैसमबिदले जनाएकाे   छ ।

    आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान  तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले कोशी प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

    विभागले उक्त क्षेत्रमा हुन सक्ने मेगग्रजनकाे  बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम वा क्षतिबाट बच्न तथा   बिप्पतबाट  उक्त क्षेत्रमा  हुनसक्ने  भारी वर्षाबाट  दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    प्रतिक्रिया