• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

    200
    SHARES

    काठमाडौं । उच्च अदालत पाटन, ललितपुर परिसरमा आत्महत्या प्रयास गरेकी युवतीको उपचार जारी रहेको छ । प्रहरी स्रोतकाअनुसार ती युवतीको अहिले पनि पाटन अस्तापलको आईसीयूमा उपचार जारी रहेको छ ।

    करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास गरेकी थिइन् । प्रहरीले उद्धार गरेर उनलाई पाटन अस्पतालमा उपचारका लागि पठाएको थियो । अहिले पनि उनको उपचार जारी रहेको छ ।

    कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेको स्रोतले बताएको छ ।

    अदालत परिसरमै उनले किटनाशक विषादी सेवन गरेकी थिइन् । यसअघि काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि ती युवती पाटन पुगेकी थिइन् । पाटनले पनि धरौटीमा छाड्न आदेश दिएपछि उनले आत्महत्या प्रयास गरेकी हुन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ