• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भैरहवा विमानस्थलमा हुस्सु, काठमाडौँमै रोकिए रवि

    176
    SHARES

    बुटवल । रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेका कारण विमान अवतरण हुन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँमै रोकिएका छन्।

    बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका लामिछाने भैरहवा विमानस्थल नखुल्दा काठमाडौँमै बस्न बाध्य भएका हुन्। फस्ट फ्लाइटमार्फत उनलाई रुपन्देही ल्याउने तयारी भए पनि हुस्सुका कारण उडान ढिलाइ भएको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए।

    उनका अनुसार विमानस्थल खुलेपछि मात्रै लामिछाने भैरहवा आउनेछन् र त्यसपछि जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुनेछन्। रुपन्देहीका प्रहरी प्रमुख प्रदीपबहादुर क्षेत्रीले भैरहवा विमानस्थल खुल्न अझै समय लाग्न सक्ने बताए। ‘अहिले भिजिवलिटी निकै कम छ। घाम लागेपछि मात्रै उडान सम्भव हुन्छ,’ उनले भने। सामान्यतया उडानका लागि १८ सय मिटर भिजिवलिटी आवश्यक पर्ने भए पनि हाल ३–४ सय मिटर मात्रै रहेको प्रहरी प्रमुख क्षेत्रीले जानकारी दिए।

    यसैबीच, उच्च अदालत बुटवलले मंगलबार लामिछानेलाई बैंक ग्यारेन्टीमा रिहा गर्न आदेश दिएको थियो। जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले आज निवेदन दिनेछन्। निवेदनपछि जम्मा भएको २ करोड ७४ लाख रुपैयाँ बैंक प्रतिनिधिले बुझ्ने र आवश्यक कागजात पूरा गरेर उनलाई रिहा गरिने उनले बताए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ