• आज : २०८२ बैशाख, १९

ताजा अपडेट

  • News Portal

    • आज : २०८२ बैशाख, १९
    अन्तराष्ट्रिय

    टर्कीको नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

       इमान्दार संवाददाता    २०८० चैत्र २१ गते   बिहान ०८:५९ बजे
    1.3K
    SHARES

    टर्कीको इस्तानबुलमा रहेको एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ। इस्तानबुलको एक भवनको तहखानेमा रहेको उक्त क्लब मर्मतकै क्रममा थियो। इस्तानबुलका गभर्नर दावुत गुलले आगलागीका कारण ज्यान गुमाउनेहरू त्यहाँ काम गर्ने व्यक्ति रहेको बताए।

    सञ्चारमाध्यमसँग कुरा गर्दै गभर्नर गुलले आगलागीको कारण अहिलेसम्म पत्ता नलागेको बताए । बीबीसीका अनुसार यस विषयमा अनुसन्धान जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।

    इस्तानबुलका मेयरले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

    प्रतिक्रिया