• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    1.3K
    SHARES

    काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।भूकम्पसँगै ताइवान र दक्षिणी जापानी टापुहरूमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

    बीबीसीका अनुसार जापानले ओकिनावाको तटीय क्षेत्रबाट मानिसहरूलाई सुरक्षित बाहिर निस्कन सल्लाह दिएको छ। सुनामीको छाल तीन मिटर अग्लो हुन सक्ने आशंका गरिएको छ। समाचार एजेन्सी एएफपीका अनुसार ताइवानमा भूकम्प गएपछि फिलिपिन्सको प्रशासनले तटीय क्षेत्र खाली गर्न आदेश जारी गरेको छ।

    ताइवानमा यो २५ वर्षयताकै शक्तिशाली भूकम्प हो। भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा थियो।

    चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ