• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली

    दिनमा कति पाइला हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक ?

    200
    SHARES

    काठमाडौँ । हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हिँड्नु सबैभन्दा सजिलो व्यायाम हो जसलाई मानिसहरू आफ्नो दिनचर्यामा समावेश गर्न सक्छन् । यसका लागि विशेष उपकरणको पनि आवश्यकता पर्दैन । हिँड्दा तपाईंको मुटु स्वस्थ रहन्छ, वजन नियन्त्रणमा रहन्छ साथै तपाईंको हड्डी पनि मजबूत हुन्छ ।

    हरेक दिन १५ हजार कदम हिँड्नु एउटा फाइदाजनक लक्ष्य हुनसक्छ । मुटुको स्वास्थ्य राम्रो : हरेक दिन हिँड्दा तपाईं मुटु बलियो हुन्छ, रक्तचाप नियन्त्रणमा रहन्छ भने रक्त सञ्चार पनि राम्रो हुन्छ । यसले मुटुको रोग र स्ट्रोकको खतरा कम हुन्छ ।

    तौल कम हुन्छ : हिँड्दा क्यारोली बर्न हुन्छ, यसले तौल कम गर्न वा स्थिर राख्न मद्दत गर्छ । यसरी मोटोपनबाट जोडिएका डायबिटिजजस्ता रोगहरूबाट बच्न सकिन्छ । श्वास लिने क्षमता बलियो : नियमित रूपमा हिँड्दा तपाईंको फोक्सो पनि स्वस्थ रहन्छ र यसको कार्यक्षमता राम्रो हुन्छ । यसले तपाईंलाई लामो उमेरसम्म स्वस्थ रहन मद्दत गर्छ ।

    हड्डी र मांसपेशी बलियो : हिँड्नु यस्तो व्यायाम हो जसमा तपाईंले शरीरको भार उठाउनुपर्छ । यसले हड्डीको घनत्व र मांसपेशीको बलियोपन कायम रहन्छ । यसबाट बुढो उमेरमा हड्डी कमजोर हुने खतरा कम रहन्छ । मानसिक स्वास्थ्य राम्रो : व्यायाम गर्दा एन्डोर्फिन नामक रासयन निस्कन्छ ।

    यसले तनाव र डिप्रेसनलाई कम गर्छ । नियमित रूपमा हिँड्दा मस्तिष्क तिखो हुन्छ र डिमेन्सियाको खतरा कम हुन्छ । ऊर्जाको स्तर बढ्छ : हिँड्दा शरीरामा रक्तसञ्चार र अक्सिजनको प्रवाह राम्रो हुन्छ । यसले तपाईंको शरीरमा ऊर्जाको स्तर बढ्छ र तपाई) चुस्त र दुरुस्त महसुस गर्नुहुन्छ ।

    रोग प्रतिरोधात्मक क्षमता वृद्धि : हरेक दिन हल्का व्यायायामले रोग प्रतिरोधात्मक क्षमतामामा वृद्धि हुन्छ । दीर्घकालीन बिरामीको खतरा कम : नियमितरुपमा हिँड्दा टाइफ २ डायबिटिज र मेटाबोलिक सिन्ड्रोमजस्ता दीर्घकालीन बिरामीहरुसँग खतरा कम हुन्छन् ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ