काठमाडौं । अहिले बजारमा प्रत्येक फलफूल पसलमा खरबुजा देखिने गरेको छ । खरबुजा बालकदेखि वृद्धसम्मलाई मन पर्ने फल हो । गर्मी याममा मेवा, खरबुजा र आँपजस्ता फलफूलको धेरै नै बिक्री हुने गर्छ ।
खरबुजामा ९० प्रतिशत पानीको मात्रा हुने भएकाले यो हाम्रो स्वास्थ्यको लागि एकदम लाभदायी हुने चिकित्सकहरू बनाउँछन् । खरबुजामा प्रोटिन, फाइबर, भिटामिन धेरै मात्रामा पाइन्छ ।
अहिले बजारमा औषधि मिसाएका खरबुजा बिक्री हुने गरेको हल्ला पनि सुनिँदै आएको छ । त्यसैले खरबुजा किन्दा ध्यान दिनुपर्ने कुरा हामी उल्लेख गर्ने छौँ ।
यी कुराहरूमा ध्यान दिनुहोस्–
– खरबुजाको माथिल्लो भाग (डाँठ) लाई थिच्दा त्यो सजिलै थिचियो भने बुझ्नुहोस् कि खरबुजा पाकेको र मीठो हुनेछ । यदि डाँठमा प्वाल छ वा धेरै बाक्लो छ भने त्यो खराब हुन सक्छ।
– खरबुजाको बाहिरी तह पहेँलो छ र यसमा हरियो जाल जस्तै धारहरू छन् भने, यो धेरै मिठो र स्वादिष्ट हुन्छ । तर खरबुजा हरियो र चिल्लो छ भने सडेको हुन सक्छ।
– खरबुजाको तल्लो भाग कालो छ भने मिठो र प्राकृतिक रूपमा पाकेको भनेर बुझ्दा हुन्छ । यदि तल्लो भाग सामान्य छ भने त्यो काँचो हुन सक्छ ।
– खरबुजाबाट कडा सुगन्ध आउँछ भने मिठो हुन्छ । सुगन्ध हल्का भएमा कम मिठो हुन्छ ।
– खरबुजा किन्दा तौलमा ध्यान दिनुपर्छ । किनभने मीठो र पाकेको खरबुजाको तौल कम हुन्छ । तर गह्रौँ खरबुजामा धेरै बीउ हुन्छ र कम पाकेको हुन्छ ।
– खरबुजामा केमिकल मिसाएको छ कि छैन भनेर जाँच गर्नका लागि खरबुजा काटेर त्यसको चाना पानीमा हाल्ने यदि पानी पुरै रातो भयो भने त्यो केमिकल युक्त हुन सक्छ ।
स्रोत : विभिन्न मिडियाको सहयोगमा


आजको ट्रेन्डिङ
- १अख्तियारले स्टिङ अपरेसन गर्न पाउने व्यवस्था ब्युँतियो
- २शिक्षक महासंघले गर्यो अनिश्चितकालीन आन्दोलन घोषणा, एसईई कापी जाँच नगर्ने चेतावनी
- ३विद्यार्थी हकहितका लागि मेरो उम्मेदवारी : यशोदा शाही
- ४प्रचण्डको अभिव्यक्तिले देशलाई पुन: हिंसामा धकेल्न खोजेको स्पष्ट हुन्छ : राप्रपा महामन्त्री राणा
- ५तीनकुनेमा टिपरले लियो मोटरसाइकल यात्रीको ज्यान
विचार-ब्लगसबै
प्रतिक्रिया