• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    बिचौलीया प्रथाको अन्त्य र श्रमजीवि अधिकारको लागि क्रान्तिको आवश्यकता

    279
    SHARES

    मार्कसले अतिरिक्त मुल्यको सिद्धान्तमा “अत्यधिक नाफाका लागि पुँजीपतिले माल उत्पादन यत्रतत्र भौतारिने गर्दछन । उत्पादनको प्रक्रियामा देखा पर्ने यो अराजकताका कारण बजारमा बारम्बार अति उत्पादनको समस्या आइरहन्छ । र त्यसले देशको आर्थिक संकट पैदा गरिरहन्छ ।” भने झै बिचौलियाले उत्पादनको लागत मुल्य दिदैन र उपभोक्तलाई स्वस्थ वस्तु खुवाउदैन । राज्यको मुल्य मान्दैन राष्ट्रिय उत्पादन नलिएर नाफा कमाउन सस्तोमा वस्तु खोज्दै जान्छ । राष्ट्रिय उत्पादन बन्द गर्न बाध्यता बनाउछ । यसले राज्य आर्थिक भार थुपार्छ ।

    विश्व आज पुँजीवादबाट समाजवाद उन्मुख छ, जहाँ श्रम शोषणको अन्त्य गरी सामाजिक व्यवास्थाको थालनी समान हैसियतको आधार खडा भएको छ । जसमा पुँजीपति र श्रमजीवीको लडाई चरम उत्कर्षमा छ । तर यही पुँजीवादी पद्धतिमा विचौलीया प्रथा हावी भएको पाइएको छ , विकशीत देशमा यसको कम देखिन्छ भने विकाशोन्मुख देशमा यसको बढी मात्रमा प्रभाव पाइएको छ । जहाँ ‘काम गर्ने कालु मकै खाने भलु’ भने जस्तै । श्रम गर्ने एउटा त्यो श्रमको उत्पादीत वस्तु उद्योगी र उसको मतहतमा रहेका विभिन्न नाममा खडा भएका कम्पनि, उद्योग, कारिन्दा, मिलेर खाने गरिन्छ ।

    यसले श्रमजीवीले उत्पादन गरेको वस्तुको लागत मुल्यको आधारमा उपभोक्ताले उपभोग गर्न पाउदैन भने मजदुरले आफुले गरेको श्रमको ज्याला पाएको हुदैन । यसमा उपभोक्ता र उत्पादकको सोझै समन्वय हुँदैन । उपभोक्ता र बिचौलिया उद्योगी र बिचौलीया, श्रमजीवी र बिचौलिया, उत्पादक र बिचौलिया समन्य हुन्छ । यसको अर्थ उत्पादन वस्तु बजारमा पु¥याउने, बजार मुल्य कायम गर्ने, मजदुरलाई उद्योगीसम्म पु¥याउने, मजदुरको ज्याला निर्धारण गर्ने, विद्यार्थीलाई कलेज स्कुलसम्म पु¥याउने त्यसको शुल्क निर्धारण गर्ने जस्ता गर्छन । यी विचौलियले सामाजिक अस्थिरथा कायम गरेको छ ।

    पुँजीवादी उत्पादन प्रकृयामा श्रमीकको र श्रमको एउटा हिस्सा बिना ज्याला आफ्नो खल्तीमा पार्छ । दलाल पुँजीवाद आफु उत्पादन तथा श्रममा सहभागी हुदैन बरु अरुले उत्पादन, श्रम गरेको उत्पादीत वस्तु बजारमा लगेर मुनाफा कमाउँछ । बिचौलीयाले उत्पादन, उपभोक्तालाई मध्यनजर गरी उत्पादक र उपभभोक्ताको बीचमा आई बजारमा कव्जा जमाउँछ । यो उपभोक्ता जस्तो पनि देखिने उत्पादक जस्तो पनि देखिन्छ । तर बजारमा उसले सम्पुर्ण समान श्रम र लगानीमाथि कब्जा गरेको हुन्छ । यी तत्वले समाजमा अस्थिरता कायम गरेका छन । मानिसका अति आवश्यक वस्तुदेखि प्रकृतिका उपाहार कव्जा जमाएर मानिसको जीवन चलाउन समाजिक कुकृत्य गर्न बाध्य बनाउने यी नै हुन, यी मध्यको नोपालमा हावी भएको बिचौलिया प्रथाको लागि क्रान्तिको आवश्यक छ ।

    बिचौलियाः आफू प्रत्यक्ष उत्पदनमा सहभागी नहुने, अरुको उत्पादनमा रमाउने, उत्पादनका साधन, उत्पादक वस्तु कव्जागरी बजार कब्जा जमाउने, उत्पादन र उपभोक्ताकोबीचमा खडा भएका परजिविलाई बिचौलिया भनिन्छ । वा उत्पादन श्रम, उद्योग कारखाना संचालमा लगानी नगरेको अरुको लगानी बजारमा लागेर उपभोक्ता र उत्पादकको श्रमको हिस्सा काटेर खाने बीचमा खडा भएका व्याक्ति, संस्था, कम्पनिलाई बिचौलिया भनिन्छ ।

    देख्दा उत्पादक जस्तो उपभोक्ता जस्तो देखिन्छन, यी दुवै होइनन् । बजार मुल्यदेखि उत्पादक समान खरिद उपभोक्तलाई वितरणसम्म यिनको हातमा हुन्छ । यस्ता बिचौलीका कारण उपभोक्तले स्वास्थ खान पाउदैनन् एकथरी भने, अर्काे थरी बिक्रि गर्छन भने शलव मुल्यमा माल किन्न पनि पाउँदैनन । उत्पादकले लगात मुल्य पाउदैनन् भने बजार पनि दिइदैन । यस्ता तत्वको अन्त्यको लागि आज क्रान्तिको आवश्यक छ । नेपालमा विभिन्न क्षेत्रमा बिचौलिया प्रथा हवी भएको पाइएको छ ।

    कृषि बिचौलियाः उत्पादक क्षेत्रमा जल, जमीन, बजार, उत्पादन कृषि उपज वस्तुको उपभोक्त र उत्पादक बीचमा खडा भई नाफा कमाउने उदेश्यले खडा भएका संस्था, व्याक्ति सहकारी आदी कृषि बिचौलिया भनिन्छ । यी विभिन्न सप्लायर कम्पनि, कोल्डस्टोर, तरकारी फलफुल मन्डी, डेरी, खाद्यस्टोरको रुपमा खडा भएका छन । यिनीहरु सस्तो बजार खोज्ने राष्ट्रिय उत्पादनलाई निरुसाहित पार्ने बजार आफ्नो मातहतमा राख्ने गर्छन । भने उत्पादक र उपभोक्ताको समन्वयबाट अलग गर्ने उत्पादक–उपभोक्तामा आफु नजिक बन्ने गर्दछन । यी जार भाउ उत्पादक बनेर सस्तोमा निर्धारण गर्दछन, भने उपभोक्तलाई गुणष्तरहिन महंगोमा वितरण गर्छन । उत्पादन बढ्दा बजार मुल्य घटाउने वस्तु स्टक गर्ने उत्पादन घटेपछि मुल्य बढाउने स्टक निकाल्ने गर्छन । भने बजारमा समान अभाव गराएको बाहानामा मंहगी बढाउने र स्टोक समान निकाल्ने गर्छन । यस्ता विचौली नियन्त्रण गर्न आजको आवश्यक छ  । यसलाई नियन्त्रण गर्ने उत्पादक र उपभोक्ता सोझै सामन्य गराउने, उत्पादनमा लागत मुल्यको आधारमा मुल्य निधारण गर्ने, सम्पुर्ण उत्पादनमा लाग्ने कच्चा पर्दाथ राज्यले ग्यारेण्टी र उत्पादन कृषि वस्तु राज्यले खरिद गरी बजार व्यवस्थापनको ग्यारेण्टी गर्नु पर्छ । भूमी व्यक्तिको स्वामीत्वबाट राज्यको स्वामीत्वमा ल्याउनु पर्छ । यसरी कृषि बिचौलिया प्रथाको अन्त्य हुन्छ ।

    भूमी बिचौलियाः प्रकृतिका उपहार कब्जा जमाएर एक र अर्काे बीचको कमीसनमा खडा भएका बिचौलियालाई भूमी बिचौलिया भनिन्छ । यो दासयुगदेखि सुरु भएको र समान्तवादी दलाल पुँजीवादमा प्रमुख भुमीका यसको हुन्छ । यो जमीनमा आधारित व्यावस्था रहुन्जेल रहिरहने गर्छ । पुँजीवादी व्यवस्थामा पनि जीवीत नै रहेको पाइन्छ । भूमी र जल वा अचल सम्पति अन्तरगत यो पर्दछ । यो समान्तवादमा पुस्ता हस्तान्रण जस्तै यसको पनि हस्तान्तरण हुने हुँदा यसभित्र विभिन्न खालका बिचौलिया खडा हुने गर्दछन । क्रान्तिको मुल आधार नै यो बन्न गएको पाइएको छ । जसमा लालपुर्जा बाड्ने जमीनलाई वर्गीकृत गर्ने, पुँजीको मुल आधार नै जमीन मान्ने गर्दा समाजिक वैमनस्यता कायम हुन्छ । यसलाई रोक्न वा भुमीमा बिचौलिया अन्त्य गर्ने भुमी प्रतिको आकर्षण घटाउन आजको आवश्यक छ । जन्मजात जमीनको अधिकार दिने आवश्यक अनुसार राज्यले जमीन उपलब्ध गराउने, एक पुस्ताबाट अर्को पुस्तामा जमीन हस्तातरण प्रकृया रोक्ने अवधारण लिई लाजपुर्जा दिने प्रकृया बन्द गर्न आजको अवश्यकता देखिएको छ । अचेल सम्पति पुस्ता हस्तातरण प्रक्रिया रोक्ने चल सम्पतिको मात्र अधिकार दिने प्रक्रिया अगाडी बढाएर भुमी बिचौलीया र समाजिक द्वन्दको अन्त्य गर्न सकिन्छ ।

    मजदुर बिचौलीयाः उद्योगी र कामदारवीचका खडा भएर कमीसन, प्रशेन्टेज खानलाई खोलिएका व्याक्ति कम्पनि, सस्था, समुहलाई मजदुर बिचौलिया भनिन्छ । वा उत्पादन माल र उपभोक्ताबीचमा श्रम शोषण गर्न खडा भएकामा माध्यम नै मजदुर बिचौलिया भनिन्छ । कति यी राजतितिक आडमा खडा भएका हुन्छन भने कति यी उद्योगीको आधारमा  खडा गएका हुन्छन । यी श्रम गर्ने मजदुर र कम्पनिले पालेका हुन्छन । राष्ट्रिय मजदुर बिचौलिया करार ज्यलादारीका खोलिएका जब सोलुसन, ठेकदारी कम्पनि, सप्लार कम्पनि हुन भने वैदेशिक मजदुर विचौलिया मेनपावर, कन्सटेल्सी, भाषा पाठशाला आदी हुन । यी आफु काम नगर्ने काम लागएको वाफतमा कमीसन खान लगानी गरी खेलिएका हुन्छ । एउटा तरिकाले यीनिहरुलाई परनिर्भर अर्काेका भरमा वच्ने जुम्रा जस्तै हुन । यी कमीन दलाल, गरेर बाचेका हुन्छन । उदाहरणको लागि एउटा मजदुरले जागिर खाएर ४ कम्पनि पाल्ने गर्छ जस्तै मजदुरको प्रमाणपत्र कलेक्शन जवसोलुसनले गर्छ । त्यो गरेवाफत उसले पहिलो महिलाको ५० प्रतिशत कमीसन खान्छ । त्यो प्रमाणपत्र ठेकदारी कम्पनिलाई दिन्छ । त्यो बाफत २० प्रत्येक महिनाको २० प्रतिशत खान्छ तालिम शुःल्क भनेर लगभग तलवको ३० प्रतिशत अग्रीम भुक्तनी लिन्छ । कम्पनि वा उद्योग कारखानाले ठेकदारीबाट करारमा मजदुर भक्ति गर्छ । एउटा मजदुरले काम गरेर ४ वटा कम्पनि पाल्छ । त्यसैगरी वैदेशीक राजगारीमा जान मेनपावर वा कन्सल्टेन्सिले प्रमाणपत्र कलेक्शन गर्छ । लागात मुल्यको निर्धारण गर्छ । उसले मान्छे पठाए बापत कमीसन खान्छ । यसरी मजदुर बिचौलिया हावी भएको पाइन्छ । यस्ता बिचौलिय तत्वको अन्त्य गर्न सोझ कम्पनिबाट मजदुर हायर गर्नु पर्छ भने बसोलुसन ठेकेदारी कम्पनिको अन्त्य गरी मजदुरको काम गरेको तलव सोझै कम्पनिले गर्ने ग्यराण्टी गर्नु पर्छ । खडा भएका मेनवापार कन्सटेन्सिलाई खारेज गरी राज्यको मातहतमा अन्तराष्ट्रिय श्रमको ग्यरेण्टी लिनुपर्छ ।

    बैकिङ्ग बिचौलियाः लगानीको मुनाफमा खडा गरी तयार परिएको विनिमय माध्य नै बैकिङ्ग बिचौलिया हुन । यी मिटर ब्याज, लघुविद्युत, मुद्रा लगानी सहकारी, र हुन्डी, ढिकुडी आदीमा तयार गरिएको हुन्छ । यिनिहरु बैकवाट सस्तोमा लौन निकाल्ने र गाउँ शहरका जनतालाई लोभ देखाएर ऋण लिन लगाउने र त्यसबाट डबल–त्रिपाल बनाएर खाने काम गर्छन । यसलाई अन्त्यको लागि बैकिङ्ग ब्याज शून्य प्रतिशतमा पु¥याउने खडा भएका संम्रचना बन्द गनु पर्ने देखिएको छ । यसैगरी नेपालमा  मेडिकल बिचौलिया, शैक्षिक बिचौलिया, स्वास्थ्य बिचौलिया, भूमी बिचौलिया हावी भएका छन ।

    बाच्नको लागि विकल्प खोज्ने यसले समाजिक अपराधिक  घटना घट्न जाने जस्ता सस्या देखा परेका छन । जसमा भ्रष्टाचार, चोरी, डकैती, बलत्कार हत्या जस्ता घटना घटने गरेका छन् । यसलाई निर्मुल पार्न बिचौलिय प्रथाको अन्त्यगरी उत्पादकको लागि मुल्य ग्यारेण्टी, मजदुरको बाच्न पुग्ने तलवको सुनिचित, आवास शिक्षा स्वाथ्य राज्यको मातहतमा ल्याउन आजको आश्यक छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ