• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एनपीएल उद्घाटनमा जनकपुर बोल्ट्स काठमाडौँ गुर्खाजसँग ५ विकेटले पराजित

    354
    SHARES

    काठमाडौँ । आजबाट सुरु भएको एनपीएलको दोस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई काठमाडौँ गुर्खाजले पराजित गरेको छ ।

    टीयू क्रिकेट मैदानमा साँझ भएको खेलमा काठमाडौँ गुर्खाजले जारी सिजनको पहिलो खेल ५ विकेटको जित दर्ता गर्न सफल भएको हो । १३१ रनको लक्ष्य काठमन्डुले १२ बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो ।

    काठमाडौँको जितमा ब्रेन चार्ल्सवर्थले सर्वाधिक रन बनाए । २३ बलमा ३ छक्का र पाँच चौकाको मद्दतमा उनले ४६ रन जोडे । त्यस्तै आकाश त्रिपाठीले ३६ रनको योगदान दिए । मिलिन्द कुमारले १९ तथा जोन सिम्पसनले १३ रन बनाए ।

    टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा १३१ रनको सामान्य लक्ष्य दिएको थियो । उसका लागि मार्की प्लेयर आशिफ साहले अर्धशतकीय पारी खेलेका थिए भने मयन यादवले ३४ रन बनाएका थिए । काठमाडौँका मिलिन्दले आज तीन विकेट लिन सफल भए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ