
काठमाडौं । आज (सोमबार)बाट नेपाली घरेलु क्रिकेटको ‘महाकुम्भ’ मानिने नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।
मंसिर १ देखि २७ सम्म आयोजना हुने एनपीएलको दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ ।
उद्घाटन खेलमा बोल्टसले गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो ।
जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । मयन यादवले ३४ र लाहिरु समारकूनले २२ रन बनाए । अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
काठमान्डुका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करणा केसीले उक/एक विकेट लिए । रंगशालामा समर्थकहरू खचाखच भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ।



प्रतिक्रिया