• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    इंग्ल्यान्डका जेसन रोयले पोखराबाट एनपीएल खेल्ने

    71
    SHARES

    काठमाडौं । इंग्ल्यान्डका ब्याटर जेसन रोयले पोखरा एभेन्जर्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । पोखराले शनिबार सामाजिक सञ्जालमार्फत रोयलाई अनुबन्ध गरेको जनाएको हो । ३५ वर्षीय रोय दाँयाहाते ओपनिङ ब्याटर हुन् ।

    रोयले इंग्ल्यान्डका लागि ६४ टी-२०आई खेल्दा १५२२ रन बनाएका छन् । समग्र टी२० मा रोयले ४१२ खेल खेल्दा १० हजार भन्दा बढी रन बनाएका छन् ।

    उनले इंग्ल्यान्डको भाइटालिटी ब्लास्टसँगै भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल लगायत विश्वका अधिकांश फ्रेन्चाइज लिगमा खेलेका छन् । सबैभन्दा सफल भने भाइटालिटी ब्लास्टमा छन् जहाँ १४६ खेल खेल्दा ४१९८ रन बनाएका छन् ।

    पोखराले यसअघि न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमलाई अनुबन्ध गर्दा गत संस्करणका बार्बडियन अलराउन्डर रेमन रेइफरलाई यसपटक पनि निरन्तरता दिएको छ । त्यस्तै इंग्ल्यान्डका एडम रोसिङटन र डान डौथवेटलाई अनुबन्ध गरेको छ ।

    नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेकोले पोखरा सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृत राज दास र दिनेश खरेललाई रिटेन गरेको थियो ।

    यस्तै पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री अनुबन्ध गरेको थियो । एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ