भक्तपुर । सूर्यविनायक नगरपालिकाले दुई उत्कृष्ट करदातालाई सम्मान गरेको छ । नगरपालिकालाई सबैभन्दा धेरै कर बुझाउने ग्रिन भिलेज हाउजिङलाई सर्वोत्कृष्ट करदाता र निक भुजिक हाउजिङलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।
सो अवसरमा नगरप्रमुख बासुदेव थापाले ७ वर्षे कार्यकालमा शून्यमा रहेको नगरपालिकालाई व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गर्न करिव ७ दर्जन ऐन, नियम, कार्यविधि र निर्देशिका निर्माण गरी जारी गरेको बताए । उनी दोस्रो कार्यकालमा पनि अध्यक्षमा निर्वाचित भई काम गर्दै आएका नगरप्रमुख हुन् ।
उनले सात वर्षे कार्यकालमा ‘विकासमा ऐक्यवद्धता र राजनीतिमा प्रतिष्पर्धा’ भन्ने मूल सिद्धान्त अनुरुप काम गरेको र त्यसैको परिणाम सातवर्षे कार्यकालमा प्रभावकारी काम गर्दै आएको बताए । उनले जनताका समस्यालाई आफूले आफ्नै समस्याको रुपमा लिएको जनाउँदैं जनतालाई सहज, सरल र पारदर्शीरुपमा सेवा प्रवाह नै मूख्य लक्ष्य रहेको बताए ।

आजको ट्रेन्डिङ
- १रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जिम्मा लिने वकिललाई ५० हजार जरिवाना
- २बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत
- ३चार्टर्ड विमानमार्फत आज काठमाडौं आउँदैछन् अमेरिकाबाट डिपोर्ट भएका कम्तिमा ४० नेपाली
- ४तरुण दलको लमजुङ अधिवेशनमा झडप : खुकुरी प्रहारबाट चारजना घाइते
- ५भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
विचार-ब्लगसबै
प्रतिक्रिया