• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    बिहार चुनावअघि जनता दलका १६ नेताहरू पार्टीबाट निस्कासित

    143
    SHARES

    काठमाडौं । भारतको बिहार राज्यमा हुन गइरहेको विधान सभा निर्वाचन नजिकिँदै गर्दा जनता दल युनिइटेड (जेडीयू) ले १६ जना नेतालाई पार्टीबाट निस्कासन गरेको छ । पार्टीमा विद्रोह गरेको भन्दै जेडीयूले एक बहालवाला विधायक र दुई पूर्वमन्त्रीसहित १६ नेतालाई निष्कासन गरेको हो ।

    निष्कासित गरिएका मध्ये अधिकांश नेताहरू पार्टीको आवद्धता रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का आधिकारिक उम्मेदवारविरूद्ध चुनावी मैदानमा उत्रिएका छन् । पार्टीबाट निष्कासित नेताहरू माथि जेडीयूले ‘पार्टी विरोधी गतिविधि’ मा सहभागी भएको र ‘पार्टीको विचारधारा उल्लंघन’ को आरोप लगाएको बीबीसीले जनाएको छ ।

    नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा दुई सय ४३ सिटका लागि हुन गइरहेको निर्वाचन दुई चरणमा सम्पन्न हुने छ । ६ नोभेम्बर (२० कात्तिक) र ११ नोभेम्बर (२५ कात्तिक) मा गरी दुई चरणमा मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ ।

    भारतीय सञ्चारमाध्यमहरूले १४ नोभेम्बर (२८ कात्तिक) मा चुनावी परिणाम सार्वजनिक भइसक्ने जनाएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ