• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    शिक्षा विधेयकको बिरोध गर्दै निजी विद्यालयका सञ्चालक र प्रिन्सिपल सडकमा

    145
    SHARES

    काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलले बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

    उनीहरूले माइतीघर मण्डलमा कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् । विद्यालयका सञ्चालक र प्रिन्सिपलहरू आ-आफ्ना ब्यानर सडकमा राखेर प्रदर्शनमा उत्रिए ।

    यस्ता छन् निजी विद्यालय सञ्चालकहरूको माग
    (१) “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाइनु पर्ने ।
    (२) विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना – खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।
    (३) कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलक” बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने ।
    (४) छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।
    (५) छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान – जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ