काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुवेतमा नेपाली कामदारको भएको मृत्युबारे संसद्मा जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी सांसद शर्माले कुवेतमा विषाक्त मदिरा सेवनबाट केही नेपाली कामदारको मृत्यु भएको र केही बिरामी भएको जानकारी आएकाले यसबारे सत्य तथ्य जानकारी गराउन सभामुखमार्फत सरकारलाई माग गरेका हुन् ।
शर्माले जनतामा प्रकट भइरहेको ठुलो असन्तुष्टि चुनौती बन्दै गइरहेको बताए । उनले भने– ‘संसद्, सरकार र संवैधानिक अदालतको गतिविधिहरूका कारण जनतामा असन्तुष्टि व्यक्त भइरहेको छ। यो हाम्रो लागि चुनौती हो। राज्य र राजनीतिको लागि पनि चुनौती हो त्यसप्रति हामी सचेत बन्नुपर्छ।’
उनले सरकारले जनअपेक्षित काम गर्न नसकेकाले प्रश्न उठेको बताउँदै त्यसको समाधान गर्ने पहल कदमी लिन आग्रह गरे ।
प्रतिक्रिया