काठमाडौं । पूर्वपत्नीले बलात्कार र ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि प्रहरीले इन्स्पेक्टर दिनेश गुरुङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत इन्स्पेक्टर गुरुङलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट मंगलबार बलात्कार र ज्यान मार्ने उद्योगको कसुरमा पाँच दिनको म्याद थप भएको परिसरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।
अहिले हिरासतमा रहेका इन्स्पेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए । पूर्वपत्नी सँगै रहेकी छोरीसँग भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएको दाबी उनको छ ।
प्रतिक्रिया