काठमाडौँ । इरानले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल प्रक्षेपण गरेको पुष्टि अमेरिकी सञ्चारमाध्यम सीएनएनले दुई जना अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै गरेको छ। अमेरिकी पक्षले ती मिसाइलहरूको ट्र्याकिङ गरिरहेको र सम्भावित क्षतिको मूल्याङ्कन भइरहेको जानकारी दिएको छ।
घटनाक्रमसँगै अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ र जोइन्ड चिफ अफ स्टाफका अध्यक्ष ड्यान केन वासिङ्टनस्थित ह्वाइट हाउसको सिचुएसन रूममा आपत्कालीन बैठकमा सहभागी छन्। सम्भावित थप आक्रमणको मूल्याङ्कन र सैन्य प्रतिक्रिया रणनीति तयार पारिँदैछ।
यसअघि नै अमेरिकी अधिकारीहरूले इरानबाट कतारस्थित अल उदैद एयर बेसमाथि आक्रमणको खतरा रहेको भन्दै सुरक्षा सतर्कता बढाइएको बताएका थिए। यो बेस अमेरिकाको सेन्ट्रल कमाण्डको क्षेत्रीय मुख्यालय हो, जसले इजिप्टदेखि कजाखस्तानसम्म फैलिएको क्षेत्रमा सैन्य रणनीतिक सञ्चालन गर्दछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना अल उदैद बेसको भ्रमणमा गएका थिए। सन् २००३ पछि सो बेसमा पुग्ने उनी पहिलो अमेरिकी राष्ट्रप्रमुख हुन्। ट्रम्पले उक्त भ्रमणलाई “क्षेत्रीय सुरक्षा सन्देश”को रूपमा व्याख्या गरेका थिए।
हालसम्म प्रक्षेपित मिसाइलबाट भएको क्षति र अमेरिका वा अन्य सहयोगी राष्ट्रहरूको सम्भावित जवाफबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। तर ह्वाइट हाउसले स्थिति “नाजुक” रहेको भन्दै कूटनीतिक र सैन्य दुवै विकल्पलाई खुला राखेको संकेत दिएको छ।


आजको ट्रेन्डिङ
- १मासु, सुकुटी र अचार व्यवसायमा जम्दै श्रेष्ठ, महिनामा ४० लाख आम्दानी
- २इरानले नयाँ प्रविधिको मिसाइल हानेपछि इसराइलमा धेरै क्षति
- ३मनसुनीसहित थप तीन वायु सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
- ४इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण, दोहामा विस्फोट, हवाई क्षेत्र बन्द
- ५इसराइलसँगको १२ दिने युद्ध सकियो : इरानी विदेशमन्त्री अराघची

विचार-ब्लगसबै
प्रतिक्रिया