काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल बीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ । केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ ।
‘हिजो लामै बैठक भयो । उपप्रमुख पनि आफ्नो धेरै कुरा राख्नु भयो । प्रमुखले पनि केही कुरा राख्नुभयो ।’ महानगरका एक वडाध्यक्षले भने-‘बजेटलाई लक्षित गरेर कार्यपालिका बैठक चाहिँ तत्काल राख्ने र अन्य विवादको विषय हल गर्दै जाने कुरो भएको छ । बैठक कहिलेको लागि भनेर निश्चित भएको छैन,’
कार्यपालिकाको लागि लक्षित बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने बोलाइएको थिएन । कार्यपालिका बैठकको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत हुने स्थानीय सरकार सञ्चालन ऐनमा प्रावधान रहेको छ ।
काठमाडौं महानगरको कार्यपालिका बैठक बस्न नसकेको करिब ५ महिना नाघिसकेको छ । १४ पुसमा १६औं नगरसभा बैठक बस्नु अगाडि बसेको कार्यपालिका बैठक त्यसपछि बस्न सकेको छैन ।

आजको ट्रेन्डिङ
- १रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जिम्मा लिने वकिललाई ५० हजार जरिवाना
- २भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
- ३इरानले नयाँ प्रविधिको मिसाइल हानेपछि इसराइलमा धेरै क्षति
- ४बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत
- ५मनसुनीसहित थप तीन वायु सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
विचार-ब्लगसबै
प्रतिक्रिया