काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। गत असार ५ गते बसेको लुम्बिनी प्रदेश समितिको निर्णयअनुरूप सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रमुख सचेतक अम्बिका काफ्लेले जानकारी दिइन्।
‘गत असार ५ गते बसेको लुम्बिनी प्रदेश समितिको बैठकले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको व्यहोरा जानकारी गराइन्छ। साथै नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भए बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिसकेको समेत जानकारी गराइन्छ,’ काफ्लेले आइतबार विज्ञप्ति जारी गर्दै भनेकी छिन्।
पार्टी आजैबाट प्रतिपक्षी दलको भूमिकामा बस्ने पनि उनले बताएकी छन्। लुम्बिनीमा जसपा, नेपालका तीन जना सांसद छन्। त्यसमध्ये आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर विभाजित जनता समाजवादी पार्टीतिर खुलेका छन्। अहिर अहिले प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री छन्। यद्यपि पार्टी विभाजनको मुद्दा भने सर्वाेच्च अदालतमा विचाराधीन छ।
जसपा नेपालले समर्थन फिर्ता लिए पनि माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा नेतृत्वको वर्तमान सरकार अल्पमतमा भने पर्दैन। महरालाई अहिले नेकपा (एमाले)का २९, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ४, जसपाका २ र एकीकृत समाजवादीका एक १ सांसदको समर्थन छ।

आजको ट्रेन्डिङ
- १रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जिम्मा लिने वकिललाई ५० हजार जरिवाना
- २बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत
- ३तरुण दलको लमजुङ अधिवेशनमा झडप : खुकुरी प्रहारबाट चारजना घाइते
- ४चार्टर्ड विमानमार्फत आज काठमाडौं आउँदैछन् अमेरिकाबाट डिपोर्ट भएका कम्तिमा ४० नेपाली
- ५आजको प्रतिनिधिसभा बैठकमा तीन विधेयकमाथि छलफल र प्रस्ताव, यस्तो छ कार्यसूची
विचार-ब्लगसबै
प्रतिक्रिया