• आज :

ताजा अपडेट

  • News Portal

    • आज :
    समाचार

    वर्षायाम सुरू भएसंगै शुक्रवारदेखि मेलम्चीको पानी काठमाडौँ आउन रोकिने

    559
    SHARES

    काठमाडौँ ।  वर्षायाम सुरू भएसंगै  पर्सि शुक्रवारदेखि काठमाडौँमा पानी आउन बन्द हुने भएकाे छ । वर्षासँगै मेलम्ची नदीमा पानीको बहाब बढेकाले आयोजनामा क्षति पुग्न सक्ने जोखिमलाई ख्याल गरेर सुरुङको मूलद्वार बन्द गर्ने तयारी गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिएका छन् ।

    अहिले काठमाडौँमा दैनिक झन्डै २० करोड लिटर मेलम्चीको पानी बितरण भइरहेकोमा शुक्रबारबाट रोकिने भएको छ । मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म वाग्मती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर वितरण गर्नेगरी अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग सहमति भएको कार्यकारी निर्देशक लामिछानेले जानकारी दिएका हुन् ।

    काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले उपत्यकामा मेलम्ची आयोजनाले खानेपानीले आपूर्ति व्यवस्थापनका साथै जमिनमुनिको पानीको सतहसमेत बढाएको बताएका छन् ।

     

     

    प्रतिक्रिया