• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकाे बैठक ,११ बजे बस्दै, बजेटमा उठेका प्रश्नको मन्त्रीलेहरूले जवाफ दिने

    559
    SHARES

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज  बस्दैछ , बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरका बस्नेछ ।आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुनेछ ।

    वार्ताकाक्रममा सांसद पुष्पबहादुर शाह, प्रेम सुवाल, डा. अमरेश कुमार सिंह र ध्रुवबहादुर प्रधानले युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । योसँगै बजेटका मन्त्रालयगत शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिनेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेकाे छ ।

    आज स्वास्थ्य , जनसंख्या,  वातावरण तथा वन,विज्ञान, शिक्षा, प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सहरी विकास, रक्षा, खानेपानी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेट शीर्षकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने छन् ।

     

    प्रतिक्रिया