• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    जनार्दन शर्माको अभियानले भन्यो- फागुन २१ को निर्वाचनको विकल्प छैन

    287
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) छाडेका नेता जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल राष्ट्रिय अभियानले आउँदो फागुन २१ गते हुने निर्वाचन नै राजनीतिक संकटको एक मात्र विकल्प भएको घोषणा गरेको छ। बिहीबार काठमाडौं संवाद डबलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत अभियानले भनेको छ, “नेपालको संविधान अहिले ट्रयाकभन्दा बाहिर छ, त्यसलाई पुनः ट्रयाकमा ल्याउन निर्वाचन अनिवार्य छ।”

    कार्यक्रममा बोल्दै पूर्वमन्त्री सुदन किराँतीले लोकतन्त्रको जग बलियो बनाउन निर्वाचन अपरिहार्य भएको बताएका थिए। उनका अनुसार, “फागुन २१ गते कुनैपनि हालतमा निर्वाचन हुनैपर्छ। लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुनै सक्दैन।”

    उनले विगत ३५ वर्षदेखि सत्तामा पालैपालो खेल खेलिरहेका “म्युजिकल चेयर” शैलीका पुराना अनुहारहरूलाई अब जनता एकताबद्ध भएर बिदा गर्नुपर्ने बताएका छन्। “विगत ३५ वर्षदेखि एउटै अनुहारहरूले सत्ता कब्जा गर्दै देशलाई निराशाको बाटोमा धकेलेका छन्। अब पुस्तान्तरण र रुपान्तरणको समय आएको छ,” — सुदन किराँती

    किराँतीले असमानता र गरिबीको अन्त्य गर्न चाहने सबै प्रगतिशील शक्तिहरूसँग एकता हुने स्पष्ट संकेत पनि दिए। तर उनले स्पष्ट रूपमा भने — “नेपाली कम्युनिस्ट पार्टीसँग हाम्रो कुनै एकता हुँदैन।” अभियानका अन्य नेताहरूले पनि आगामी निर्वाचनलाई नयाँ राजनीतिक संस्कृति र वैकल्पिक शक्ति निर्माणको मोडका रूपमा लिएको बताएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ