काठमाडाैँ । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको भएकाे विद्युत आयोजनाले दुई दिन देखि २० मेगावाट मात्र विद्युत् उत्पादन गदै आईरहेकाे छ ।दुई दिन यता विद्युत् उत्पादन घटेको हो ।
कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार १ हजार पाँच सय ३० मिटर गहिराइकाे पानीमा सञ्चालन हुने कुलेखानी जलासयकाे सतह घटेर १ हजार चार सय ८५ मिटर पुगेपछि अत्यावश्य समयमा मात्र आयाेजनाले उत्पादन गरिरहेकाे छ ।
पछिल्लो समय पानी नपरेकाले जलविद्युतको महत्वपूर्ण ‘ब्याकअप’ आयोजना मानिने कुलेखानीमा पानीको सतह घटेको प्रमुख भट्टले जानकारी दिएका हुन् । विशेष गरी नदीको पानी कम हुँदा विद्युत् आपूर्ति सन्तुलन गर्न र विद्युत् अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथी हुँदा विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजना प्रयोग गरिन्छ ।
समुद्री सतहबाट एक हजार चार सय ८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने भट्टकाे भनाइ छ । पछिल्लो समयमा कुलेखानी जलविद्युत् आयोजना नियमित चलाउनुपरेको र पानी नपरेका कारण इन्द्रसरोवरमा पानीको सतह घटेको उनले जानकारी दिएका छन्।
उनका अनुसार सोमबारसम्म १ हजार ४सय ८४ दशमलव ९८ मिटरसम्म मापन गरिएको थियो ,भने गए राती पानी परेपछि आज बिहान थप पानी जम्मा भएको छ । भट्टका अनुसार विसं २०५८ पछि यसवर्ष पानीको सतह धेरै घटेको हो । कुलेखानीबाट आपतकालीन समयमा मात्रै बिजुली उत्पादन गरिने उनले भनेकम छन् ।
प्रतिक्रिया