• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौं आउँदै गरेको बस त्रिशूली किनारमा खस्यो, पाँच जनाको अवस्था गम्भीर

    1.4K
    SHARES

    काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुबाहक बस कारसंग ठोक्किएर फिस्लिङ बजार नजिककैबाट त्रिशुली नदी किनारमा खसेको छ । दुर्घटनामा परी २० जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर छ ।

    नेपालगञ्जबाट काठमाडौँतर्फ आइरहेको भे १ ख ४०६० नम्बरको यात्रीबस काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको बुझिएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँच जना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ