• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    इरानमा ५ दिने राष्ट्रिय शोक, २८ जुनमा राष्ट्रपति निर्वाचन

    1K
    SHARES

    काठमाडौं । राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।

    गत आइतबार अजरबैजानबाट तबरिज सहरतर्फ गइरहेको बेला राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसहित ६ जना सवार हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा सबैको मृत्यु भएको पुष्टि सोमबार मात्र भएको थियो ।

    लगत्तै इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खमेनीले पाँच दिनको राष्ट्रिय शोक घोषणा गरेको बीबीसीले जनाएको छ । इरानका सरकारी सञ्चार माध्यमहरुका अनुसार अब २८ जुनमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने छ ।

    यसैबीच इरानका उपराष्ट्रपति मोहम्मद मोख्बेरले कार्यवाहक राष्ट्रपतिको रुपमा सत्ता सम्हालेका छन् । इरानको मन्त्रिपरिषदले उपविदेशमन्त्री अली बगेरी कानीलाई कार्यवाहक विदेशमन्त्री नियुक्त पनि गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ