• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जनकलाकार हिमशिखर सम्मानित

    1.1K
    SHARES

    बिनीत कुमार तिरुवा, काठमाडौं ।

    जनसांस्कृतिक महासंघद्वारा जनयुद्धका जनगायक गीत तथा संगीतकार हिमशिखरलाई सम्मान गरेको छ। महासंघको सुदूरपश्चिम प्रदेशको तेस्रो सम्मेलनमा कालिकोट पचालझरना २ हाल सुदूरपश्चिम प्रदेश कैलाली लम्की चुहानगरपालिकामा बस्दै आएका हिमशिखरलगायत ११ जना कलाकार तथा साहित्यकारलाई सम्मान गरेकाे हाे ।

    सुदुरपश्चिम प्रदेशकाे धनगढीमा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्र प्रदेश इन्चार्ज गिरिराज मणि पोख्रलले सम्मानसहित दाेसल्ला ओढाएर सम्मान गरेका हुन् । जनकलाकार गीत तथा संगीतकार हिमशिगरले जनयुद्धकालमा आफ्ना गीत तथा संगीत र स्वरको माध्यमबाट सेती महाकाली र भेरी कर्णालीका बस्तीलाई गुञ्जायमान गरेला थिए।

    उनले तत्कालिन जनयुद्धका बेला पहिलो पटक संगठन सुढृट तथा विस्तार अभियान लिएर सुदूरपश्चिममा प्रवेश गरेका थिए। जनयुद्धकाे क्रममा हिमशिखरले दर्जनौं गीतसंगित लेख्दै संगित लयबद्व गरि आफ्नै स्वरमा गाउदै जनताकाे मन जित्न सफल भएका थिए ।

    सुमधुर स्वरका धनि हिमशिखरले लेखेकाे गीत रगतका मसिहरुले, रक्त सलामलाई त्यतिबेलाका सुप्रिम कमान्डर अध्यक्ष प्रचण्डले समेत धन्यवाद दिएका थिए। सम्मानित हिमशिखर हाल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्लाको ईन्चार्ज रहेका छन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ