• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    चिप्स खाने च्यालेन्जमा किशोरको मृत्यु

    1.1K
    SHARES

    सामाजिक सञ्जालहरूमा पछिल्लो समय अनेकौं च्यालेन्ज देख्न पाइन्छ । लाइभमा बसेर ठुलो परिमाणमा खानेकुराहरू खाने मुकाबाङ च्यालेन्ज त हामीले देखिरहेका छौँ ।

    अमेरिकामा पिरो चिप खाने च्यालेञ्जमा एक १४ वर्षिय किशोरको मृत्यु भएको छ । किशोरले खाएको चिप्समा मसला निकै धेरै थियो भने खुर्सानी पनि धेरै नै थियो । पिरो खुर्सानी खाएर कसैको मृत्यु कसरी हुन सक्छ ? भनेर तपाई सोचिरहनु भएको होला ।

    किशोरको पोष्टमर्टम रिपोर्टका अनुसार चिप्समा उच्च मात्रामा खुर्सानी थियो । किशोर जन्मजात नै मुटुसम्बन्धी रोगले पीडित थिए । किशोर ह्यारिस वोलोभा भएको बताइएको छ । उनी अमेरिकाको म्यासाचुसेट्समा बस्थे । किशोरको मृत्यु सन् २०२३ को सेप्टेम्बरमा भएको हो । उनले पाकुई चिप्स खाएका थिए । चिप्स निर्माता कम्पनीले वन चिप च्यालेन्ज सुरु गरेको थियो ।

    यसमा ह्यारिस पनि सहभागी भएका थिए । पोष्टमर्टमका अनुसार ह्यारिसको मृत्यु क्याप्साइसिन कन्सन्ट्रेशन धेरै भएको खानेकुरा खाएपछि कार्डियोपल्मनरी अरेष्टका कारण भएको हो । क्याप्साइसिनले खुर्सानीको पिरोपन झनै बढाइदिन्छ । यसले शरीरमा रगतको बहावलाई प्रभावित बनाउँछ । मुटुको धड्कन तीव्र हुन्छ । धेरै मात्रामा क्याप्साइसिन खाँदा मुटुमा दबाब बढ्छ, जसका कारण धमनीमा अतिरिक्त दबाब पर्छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ