• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    आज डा. भट्टराईको भारत भ्रमण, आईआईटी बम्बईमा लोकतन्त्रबारे सम्बोधन

    184
    SHARES

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन्। सचिवालयका अनुसार उनी पुस ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

    भारत भ्रमणका क्रममा डा. भट्टराईले त्यहाँका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका विभिन्न प्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेटघाट तथा छलफल गर्नेछन्। विशेषगरी नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य, लोकतान्त्रिक अभ्यास र दक्षिण एसियाको समसामयिक राजनीतिक अवस्थाबारे उनले आफ्ना विचार राख्ने सचिवालयले जनाएको छ।

    भ्रमणकै क्रममा डा. भट्टराई भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी बम्बईमा आयोजना हुने ‘टेकफेस्ट’ कार्यक्रममा सहभागी हुनेछन्। उक्त कार्यक्रममा उनले ‘दक्षिण एसियाको लोकतान्त्रिक भविष्य: युवा, प्रविधि र समावेशी लोकतन्त्र’ विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

    त्यसैगरी, नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभद्वारा आयोजित विशेष कार्यक्रममा पनि डा. भट्टराई प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। उक्त कार्यक्रममा दक्षिण एसियाली लोकतन्त्र, जनसहभागिता र क्षेत्रीय संवादका विषयमा केन्द्रित छलफल हुने बताइएको छ।

    सचिवालयका अनुसार यो भ्रमणले नेपाल–भारतबीच बौद्धिक तथा नागरिक तहको सम्बन्ध सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ