
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ ।
राइनोज र कर्णाली याक्स आमनेसामने हुँदा टस जितेर चितवनले पहिला बलिङ गर्ने निर्णय गरेको हो । दुवै टोली लिगमा विजयी सुरुवात गर्ने दाउमा छन् ।
युवा अलराउन्डर कुशल मल्लको कप्तानीमा रहेको चितवनमा सोहेल तनबिर र रवि बोपरा जस्ता अनुभवी खेलाडी छन् भने सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्ससँग राष्ट्रिय टिमका गुलसन झा, नन्दन यादव जस्ता नियमित खेलाडी छन् ।
हिजो भएको लिगको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै शानदार सुरुवात गरेको थियो।
आजै दिनको दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।



प्रतिक्रिया