• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized राजनीति समाचार

    मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै मधेशमा एमालेको धर्ना

    35
    SHARES

    जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिन भन्दै नेकपा एमालेले दबाब दिएको छ ।

    एमालेका नेता-कार्यकर्ता आज धर्ना दिएका छन् । जनकपुरको जनकचोकमा उनीहरुले ‘संविधानको रक्षा गरौं’, ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ लगायतको नारा लगाउँदै धर्ना सुरु गरेका हुन् ।

    गत कात्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम शपथ लिएका मुख्यमन्त्री यादवले सात दलीय गठबन्धनको विरोधले काम गर्न पाएका छैनन् ।

    यता सात दलीय गठबन्धनले सरकार गठन अवैधानिक रहेको भन्दै बदरको माग गर्दै मधेस भवन अगाडि नियमित धर्ना दिँदै आएका छन् ।मधेश भवन अगाडि आज पनि सात दलीय गठबन्धनका प्रदेश सांसदहरु धर्ना बसिरहेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ