• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

    225
    SHARES

    चितवन । चितवनको रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    बुधबार बिहान करिब ८ बजे दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्दै आएका मजदुरहरु दुर्घटनामा परेका हुन् । घाइते अवस्थामा उद्धार गरी चितवन मेडिकल कलेजमा पुर्‍याइएका ती तीन जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    मृतकमा खैरहनी नगरपालिका–२ का ४५ वर्षका शुकराम दराई, गोरखा घर भई रत्ननगर–१२ बस्ने ५४ वर्षका रेशम दराई, र सोही वडाका ४५ वर्षका कमल गुरुङ रहेका छन् ।

    घटनामा पर्सा घर भई रत्ननगर–१२ बस्ने ३९ वर्षका जितेन्द्र महतो र ४० वर्षका अंकजप्रसाद थारु घाइते भएका छन् । उनीहरूको उपचार चितवन मेडिकल कलेजमा जारी छ ।

    घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रारम्भिक जानकारी अनुसार, पुरानो पर्खाल जीर्ण भई एक्कासी ढलेको बताइएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ