• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    नागरिक उन्मुक्तिको अध्यक्षमा लालवीर चौधरीलाई आयोगले दिएन आधिकारिकता

    440
    SHARES

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आधिकारिकता अध्यक्ष रञ्जिता श्रेष्ठकै पक्षमा रहने भएको छ। पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए।

    तर, मंगलबार अबेर निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिएको स्रोतले बतायो। यससँगै स्वतः रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहने स्थिति बनेको छ।

    यसअघि रेशम चौधरीले बहुमत सदस्यको केन्द्रीय समिति बैठक बोलाएर रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएका थिए। त्यसपछि लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाएर निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाइएको थियो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ