काठमाडौँ । मिर्गौला हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्गमध्ये एक हो । यसले रगत फिल्टर गर्ने काम गर्छ । यसले खास गरेर युरिया, क्रिएटिनिन, एसिड जस्ता विषाक्त पदार्थलाई रगतबाट टाढा राख्ने काम गर्दछ । खानामार्फत विषाक्त पदार्थ मूत्रथैलीमा पुग्छ, यी सारा फोहोर पदार्थ पिसाबसँगै बाहिर निस्कन्छ ।
तर जब मिर्गौलामा समस्या देखिन थाल्छ, यी खतरनाक चीजहरू रगतमा मिसिन थाल्छन् र हामी बिरामी पर्न थाल्छौँ । मिर्गौला निकै छिटो बिग्रने भएकोले क्रोनिक किड्नी डिजिजलाई साइलेन्ट किलर पनि भनिन्छ । तर मिर्गौला फेल हुनुअघि शरीरमा केही लक्षणहरू देखिन थाल्छ । लक्षणहरू यति सामान्य हुन्छ कि यसलाई चिन्नै मुस्किल हुन्छ ।
मिर्गौला खराब हुने बेलामा देखिने लक्षणहरू
वाकवाकी लाग्ने र बान्ता हुने
तपाईंलाई अनावश्यक रूपमा वाकवाकी लागेको महसुस भइरहेको छ र खानेकुरा खाने बित्तिकै वाकवाकी लाग्छ भने यो पनि मिर्गौलामा समस्याको सङ्केत हुन सक्छ ।
भोक हराउँछ
मिर्गौलामा समस्या भएपछि भोक लाग्न छाड्छ । पेट सधैँ भरिएको, डम्म भएको महसुस हुन्छ । जसले गर्दा बिरामीलाई खान मनै लाग्दैन ।
थकान र कमजोरी
तपाई जति बेला पनि थकित र कमजोर महसुस गरिरहनु हुन्छ भने यसको एउटा कारण मिर्गौलामा खराबी पनि हुन सक्छ । केही पाइला हिँड्दै खेरि थकाइ लाग्छ र भित्रदेखि कमजोरी महसुस हुन्छ भने यस्ता लक्षणहरूलाई हल्का रूपमा लिनुहुन्न ।
निद्रामा समस्या
निद्रा गायब हुनु राम्रो कुरा होइन । मिर्गौलाको समस्या भएका मान्छेको निद्रा बिग्रिन्छ । भएको छ । रातभरि ओल्टे कोल्टे फर्किँदै समय बित्छ भने यो पनि मिर्गौलामा समस्याको सङ्केत हुन सक्छ ।
धेरै वा कम पिसाब आउनु
सामान्य मानिसले दिनमा ६ देखि ७ पटक पिसाब गर्छन् । तर तपाई यो भन्दा धेरै पटक पिसाब गर्नुहुन्छ वा दिनमा ३ देखि ४ पटक मात्रै पिसाब आउँछ भने यो पनि मिर्गौला फेल हुने लक्षण हुन सक्छ ।
मानसिक तीक्ष्णतामा कमी
तपाई सधैँ थकित महसुस गर्नुहुन्छ, मानसिक रूपमा अलर्ट महसुस गर्नु हुन्न । कुनै पनि कुरा सोच्न र बुझ्न कठिनाइ भइरहेको छ भने यो पनि मिर्गौला फेलको लक्षण हुन सक्छ ।
मांसपेशी बाउँडिने र खुट्टा सुन्निने
बारम्बार मांसपेशी बाउँडिन्छ र खुट्टा र गोलीगाँठा सुन्निएको छ भने यो पनि मिर्गौला फेल भएको सङ्केत हुन सक्छ ।
अन्य लक्षणहरू
यसबाहेक टाटे पाङ्ग्रे देखिने गरिने छाला सुख्खा हुनु, उच्च रक्तचाप नियन्त्रण गर्न समस्या हुनु, सास फेर्न गाह्रो हुने, छाती दुखाई महसुस हुनु आदि पनि मिर्गौला फेल हुनुअघिका लक्षणहरू हुन सक्छन् ।

आजको ट्रेन्डिङ
- १रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जिम्मा लिने वकिललाई ५० हजार जरिवाना
- २बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत
- ३चार्टर्ड विमानमार्फत आज काठमाडौं आउँदैछन् अमेरिकाबाट डिपोर्ट भएका कम्तिमा ४० नेपाली
- ४तरुण दलको लमजुङ अधिवेशनमा झडप : खुकुरी प्रहारबाट चारजना घाइते
- ५आजको प्रतिनिधिसभा बैठकमा तीन विधेयकमाथि छलफल र प्रस्ताव, यस्तो छ कार्यसूची
विचार-ब्लगसबै
प्रतिक्रिया