शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा असर गर्न थाल्छ । खाना खाने बित्तिकै निन्द्रा लाग्न थाल्छ । अझ गर्मीका दिनमा निकै निद्रा लाग्ने गर्छ । तर, दिनभर अल्छी र थकानका अन्य धेरै कारणहरू पनि हुन सक्छन् । शरीरमा केही आवश्यक भिटामिनको कमी भएमा अनिद्रा र अत्यधिक निद्रा जस्ता समस्या निम्त्याउन सक्छ ।
कुन भिटामिनको कमीले निद्रा लाग्छ त ?
भिटामिन- डी
शरीरमा भिटामिन डीको कमीका कारण निद्राको समस्या हुन थाल्छ भन्ने धेरै अनुसन्धानले पत्ता लगाएको छ । भिटामिन डी कम भएको कारणले धेरै थकान, कमजोरी र निद्रा लाग्न सक्छ । भिटामिन डीले शरीरमा क्याल्सियम र फस्फोरसलाई राम्रोसँग अवशोषित गर्न मद्दत गर्छ।
यसले हड्डी दुख्ने समस्यालाई कम गर्छ । यति मात्र होइन, भिटामिन डीले मेटाबोलिजमलाई बलियो बनाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि प्रभावकारी रूपमा काम गर्छ।
शरीरमा भिटामिन डी कम हुँदा दुखाइ, मधुमेह, उच्च रक्तचाप जस्ता समस्याको जोखिम बढ्छ । त्यसैले भिटामिन डी युक्त खानेकुराको सेवन गर्ने र बिहान ८ बजे घामको किरण लिनुपर्छ।
भिटामिन- बी १२
जब शरीरमा भिटामिन बी १२ कम हुन थाल्छ, तब अत्यधिक निद्रा लाग्न थाल्छ । भिटामिन बी १२ को कमीले न्यूरोलोजिकल र मानसिक समस्याहरूको जोखिम बढाउँछ। एक अनुसन्धानका अनुसार शरीरमा भिटामिन बी १२ को कमीले धेरै निद्रा लाग्ने गर्छ ।
भिटामिन बी १२ विशेष गरी शाकाहारी मानिसहरूमा कम पाइन्छ । यसका साथै बढ्दो उमेरसँगै भिटामिन बी १२ पनि कम हुन थाल्छ । यसका लागि भिटामिन बी १२ युक्त आहार लिनु आवश्यक छ। आफ्नो आहारमा सोयाबिन, दही, दूध, चीज, ओट्स, दलिया र अण्डा समावेश गर्न सकिन्छ ।


आजको ट्रेन्डिङ
- १अख्तियारले स्टिङ अपरेसन गर्न पाउने व्यवस्था ब्युँतियो
- २शिक्षक महासंघले गर्यो अनिश्चितकालीन आन्दोलन घोषणा, एसईई कापी जाँच नगर्ने चेतावनी
- ३विद्यार्थी हकहितका लागि मेरो उम्मेदवारी : यशोदा शाही
- ४प्रचण्डको अभिव्यक्तिले देशलाई पुन: हिंसामा धकेल्न खोजेको स्पष्ट हुन्छ : राप्रपा महामन्त्री राणा
- ५तीनकुनेमा टिपरले लियो मोटरसाइकल यात्रीको ज्यान
विचार-ब्लगसबै
प्रतिक्रिया