काठमाडौं । सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा आक्रमण हुँदा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमी लगायत रहेको बीबीसीले जनाएको छ । मोहम्मद रेजा जाहेदी इरानका शीर्ष कमाण्डरमध्येका एक हुन् ।
सोमबार भएको यो आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन । इरान र इजरायलबीच यस प्रकारको हत्याको इतिहास भए पनि इजरायलबाट हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । इजरायलको सेनाले विदेशी मिडियाको रिपोर्टमा कुनै टिप्पणी नगर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।
सीरियाको रक्षा मन्त्रालयले आक्रमण इजरायलले गरेको जिकीर गरेको छ । इजरायली एयरक्राफ्टले गोलान हाइट्सबाट इरानको वाणिज्य दूतावासमा आक्रमण गरेको जनाएको छ । सिरियामा इरानको वाणिज्य दूतावास पश्चिमी मेजास्थित एक हाईवेमा छ । सिरियाले इजरायलका केही मिसाइललाई खसालेको र केहीलाई रोक्न नसकेको पनि जनाएको छ ।
यो आक्रमण स्थानीय समय अनुसार सोमबार साँझ करिब ५ बजेतिर भएको थियो । आक्रमण यति भयानक थियो कि ठूलो भवन पनि ध्वस्त भएको छ । इरान र सिरिया दुवै सरकारले आक्रमणको निन्दा गरेका छन् । इरानी राजदूत होसैन अकबरीले इजरायलको एफ–३५ लडाकु जेट विमानले आक्रमण गरेको जनाएका छन् ।
उनले सुरुमा इरानका सरकारी मिडियाहरुलाई पाँचदेखि सात जनाको मृत्यु भएको हुनसक्ने बताएका थिए । त्यसपछि रिभोल्युशनरी गार्डस्ले विज्ञप्ति जारी गर्दै मोहम्मद रेजा जाहेदी सहित सात अधिकारीको मृत्यु भएको पुष्टि गरेको थियो । जाहेदी सबैभन्दा हाईप्रोफाइल इरानी कमाण्डरको रुपमा चिनिन्छन् ।

आजको ट्रेन्डिङ
- १तरुण दलको लमजुङ अधिवेशनमा झडप : खुकुरी प्रहारबाट चारजना घाइते
- २आजको प्रतिनिधिसभा बैठकमा तीन विधेयकमाथि छलफल र प्रस्ताव, यस्तो छ कार्यसूची
- ३देशभर मौसम बदली, कतै हावाहुरी त कतै चट्याङसहित वर्षाको सम्भावना
- ४कपालभन्दा टोपी छोटो, जनता होइन प्रवृत्ति खोटो
- ५आज सागसब्जी र फलफूलको मूल्य यस्तो छ
विचार-ब्लगसबै
प्रतिक्रिया