• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    एनपीएलबाट साविक विजेता जनकपुरसहित तीन टोली बाहिरिए, लुम्बिनी प्लेअफमा

    196
    SHARES

    काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो ।

    लुम्बिनीले जनकपुरलाई हराउँदै प्लेअफमा प्रवेश गर्दा साविक विजेता जनकपुर बोल्ट्स, चितवन राइनोजर पोखरा एभेन्जर्स प्रतियोगिताको प्लेअफको होडबाट बाहिरिएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले लिएको १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरे । लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै डार्सी शर्टले ३० रन जेजे स्मिथ २१ र निरोशान डिक्वेलाले १७ रनको योगदान गरे ।

    जनकपुरका लागि संगित कोरेले सर्वाधिक तीन विकेट लिए । मयान यादवले दुई विकेट लिँदा सञ्जय कृष्णमुर्तीले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो ।

    जनकपुरका लागि संगित कुरेले सर्वाधिक ४५ रनको योगदान गरे । उनले ३्८ बालमा २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै मयान यादवले २७ रन बनाउँदा आसिफ शेखले बलमा २० रन बनाए ।

    बलिङतर्फ लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले दुई दुई विकेट लिए । त्यस्तै जेजे स्मिथ र रुवेन ट्रम्पलमेनले एक एक विकेट लिए ।आजको खेलमा जित निकाल्दै लुम्बिनी प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।

    लुम्बिनीले ७ खेलबाट ८ अङ्क जोडेको छ । यता जनकपुर आजको खेलमा पराजित हुँदै प्लेअफको रेसबाट बाहिरिएको छ । जनकपुरको ६ खेलबाट २ अङ्क छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ