• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रधानमन्त्रीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

    218
    SHARES

    काठमाडौं । आसन्न निर्वाचनको विषयमा छलफल गर्न (आज) शुक्रबार सर्वपक्षीय बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको हो ।

    बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न चार बजे बोलाइएको छ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ ।

    प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।

    राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ