
काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन-२०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तता सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
‘नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ मन्त्री खरेलको भनाइ छ । यो अध्यादेश सुरक्षासम्बन्धी रहेको जानकारहरु बताउँछन् ।



प्रतिक्रिया