
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् । केहीबेर अघि उनले सभामुखसमक्ष राजीनामा दिएका हुन् ।
विश्वासको मत लिन आज मधेस प्रदेशसभाको बैठक बसेको थियो । तर उक्त क्रममा बैठकबाट मुख्यमन्त्री सोनलले विश्वासको मत नपाउने देखिएपछि प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।
१० मिनेटमा लागि बैठक स्थगित गरिए पनि डेढ घन्टा बित्दा पनि बैठक सुचारु नभएपछि मुख्यमन्त्री सोनलले प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल राजीनामा दिएका हुन् ।



प्रतिक्रिया